विदेश मुख्य समाचार

चीनसँग अमेरिका पछि नहट्ने

चीनसँग अमेरिका पछि नहट्ने

वासिङटन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार युद्धमा पछि नहट्ने बताएका छन् । उनले ५ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा भन्सार शुल्क लगाउने चेतावनी दिएका छन् ।

 

अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच व्यापारमा डिल नहुँदासम्म यस्तो स्थिति कायमै रहने पनि बताएका छन् । यसअघि अमेरिकाले ५० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाइसकेको छ । त्यसको प्रत्युत्तरमा चीनले पनि ३४ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी उत्पादनमा भन्सार शुल्क लगाउन थालेको छ ।

 

चीनले ५ सय ४५ अमेरिकी उत्पादनमा थप कर लगाएको हो । यसपछि लगातार यी दुई देशबीच व्यापार युद्ध शुरु भएको छ । दुई साताअघि ट्रम्पले चेतावनी दिँदै चीनको काम अनुचित भएको दाबी गरेका थिए।

 

चीनले आफ्नो नीति कायमै राखे अमेरिकाले २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा थप शुल्क लगाउने चेतावनी दिएका थिए । ट्रम्पले आइतबार फक्स न्यूजसँग भने, ‘यदि चीन र अमेरिकाबीच व्यापारलाई लिएर सहमति भएन भने त्यो सीमा ५ खर्ब डलर पु¥याउनेछौं । यसमा कुनै सम्झौतामा पुग्नु राम्रो हुनेछ ।’ यद्यपि आफू भने यसका लागि अघि नसर्ने उनको स्पष्टोक्ति थियो । यसका निम्ति चीन अगाडि सर्नुपर्ने उनको आग्रह छ ।

 

ट्रम्पले भने, ‘यदि चीन सम्झौता गर्न चाहन्छ भने म पनि तयार हुनेछु । यद्यपि त्यसमा अमेरिकी हितमा हुनुपर्छ ।’ चीनसँगको व्यापार युद्धमा आफू कुनै पनि हालतमा पछि नहट्ने र त्यसप्रति नरम पनि नहुने दाबी गरेका छन् । उनले हालसम्म अमेरिकी राष्ट्रपति र व्यापारीहरूले यसमा चासा नदिएको बताउँदै आफूले राष्ट्रिय हितमा काम गर्ने स्पष्ट पारेका छन् । अन्नपूर्णपाेष्ट दैनिकबाट ।

डोनाल्ड ट्रम्प व्यापार युद्ध

विशेष