समाज कर्पोरेट अर्थ News प्रदेश ३

नेपाल एयरलाइन्सलाई चिनियाँ जहाजको ३ अर्ब ऋण

नेपाल एयरलाइन्सलाई चिनियाँ जहाजको ३ अर्ब ऋण

 काठमाडौ । नेपाल एयरलाइन्सले चीनबाट ल्याएका जहाज विमानस्थलमै थन्किएपनि तिनको ऋणभार भने संस्थाले बोकीरहेको छ। ६ वटा जहाज ल्याएको एयरलाइन्सले २ वटा अनुदान र ४ सहुलियत ऋणमा ल्याएको थियो। एयरलाइन्सले ल्याएका जहाज उडाउने पाइलट अभाव तथा पाटपुर्जा समयमै उपलब्ध नहुँदा आकाशमा कम ग्राउन्डमा बढी हुने गरेका छन्। जहाज नउड्दा वर्षेनी जहाजको संचालन नोक्सानी एकातिर एयरलाइन्सले खेपीरहेको छ भने अर्कोतिर ऋण भार पनि बोकीरहेको छ।

 

चिनियाँ विमान निर्माता कम्पनी चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माणले बनाएका वाइ १२ सिरिजका ४ र एमए ६० सिरिजका २ विमान ल्याइसकेको छ। पछिल्लो समय आएका २ वटा वाइ १२ जहाज अझैसम्म उड्न सकेका छैनन्। यसअघि प्राविधिकरुपमा उडाइएका जहाजबाट वर्षेणी करोडौ संचालन नोक्सानी भएको भन्दै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उक्त समस्या समाधान गर्न सुझाव पनि दिइएको छ।

 

एयरलाइन्सले सहुलियत ऋणमा ल्याएका भनिएको एमए ६० को लागि १ अर्ब ६५ करोड को लागि ऋण लिएको छ भने वाइ १२ एउटाको लागि ४७ करोड २७ लाख लिएको छ। एयरलाइन्सले ३ वटा वाइ १२ जहाज ल्याएको छ।यसरी ४ वटा जहाजले ३ अर्ब ६ करोड ९२ लाख रुपैयाँ ऋण बोकाएका छन्। यसमा नेपाल सरकारले पनि निगममा लगानी र ऋण स्वरुप ४२ करोड बढी रुपैयाँ दिएको छ।

 

यसरी चिनियाँ जहाजले एकातिर एयरलाइन्समा ऋण बोकाउँदै गएको र अर्कोंतिर संचालन नोक्सानी पनि बढ्दै गएकोले व्यवस्थापनले तत्काल सोच्नुपर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयका सहसचिव शुरेश आचार्यले बताए। ‘एकातिर जहाज ल्याएर विमानस्थलमा थन्काउने, न जनताले सेवा पाउने न एयरलाइन्सले नाफा यसबाट कसलाई फाइदा भएको छ’ आचार्यले भने, ‘ऋणको भार नोक्सानीमात्र बोकाउने यी जहाज कि चलाउनु प¥यो कि विकल्प सोच्नुप¥यो।’

 

पाइलट, पाटपुर्जा र मर्मतसम्भारको कठिनाइका कारण जहाज चलाउन नसकिएको एयरलाइन्सको भनाइ रहँदै आएको छ। पछिल्लो समय श्रीलंकाबाट पाइलट ल्याउने प्रयास गरेपनि अयोग्याताको कारण एयरलाइन्सको प्रयास असफल भएको थियो। विस २०६९ सालमा नेपाल सरकार र चीन सरकारबीचको प्रत्यक्ष सम्झौता बमोजिम कूल ६ वटा जहाज नेपाल एयरलाइन्सले ल्याउने र त्यसमा दुईवटा अनुदान र ४ वटा सहुलियत ऋणमा सहमति भएको थियो।

चिनियाँ ऋण

विशेष