News व्यापार अर्थ देश प्रदेश २

भन्सार छलीका सामानहरू बरामद 

भन्सार छलीका सामानहरू बरामद 

पर्सा । जिल्ला प्रहरी कार्यालयल पर्साले भन्सार छली गरी ल्याईएका समानहरू बरामद गरेको छ । जिल्लाको  कालिकामाई गाउँपालिका वडा नं १ मा चेकजाँच गर्ने क्रममा  प्रहरीले पर्सा छिपहरमाई वडा नं ५ बस्ने ताज महम्मद  र प्रहलाद हजराबाट उक्त सामान बरामद गरेको हो ।


प्रहरीका अनुसार उनीहरूले भारतबाट ड्रम खरिद गरी भंसार छलि चोरी पैठारी गर्दै नेपालतर्फ नंबर प्लेट नभएको ट्याक्टरमा  लोड गरी ल्याइको अवस्थामा प्लाष्टिकको ड्रम ६० थान पेला परेकोले ड्रम सहित ट्याक्टर र सो लोड ट्याक्टरलाई स्कर्टिङ गर्ने ना ३५ प ५६० नं को मोटरसाइकल समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको  बीरगंज भंसार कार्यालय  बुझाएको छ ।


यस्तै भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अबस्थामा पर्सा वीरगज महानगरपालिका १९  अलौबाट २ बोरा सुर्ती र १ थान साईकल, गण्डक चोकबाट ६१ पिस कुर्ता सुरुवाल, २८ पिस साडी, १४ पिस टप्स, ५ पिस लेंहगा र १९ पिस जयपुरीकुर्ता सुरुवाल समेत नियन्त्रणमा लिएको पर्सा प्रहरीले जानकारी दिएको छ । 


यसैबीच जिल्लाका विभिन्न स्थानमा अबैध रुपमा घरेलु मदिरा भट्टी संचालन गरेको  सुराकी पाएपछि अनुगमनमा गएको प्रहरी टोलीले  बरामद गरेको घरेलुम दिार समेत नष्ट गरेको छ । 


प्रहरीका अनुसार अबैध रुपमा संचालन गरिएको घरेलु मदिरा उत्पादन गर्ने ठुलो टिनको ड्रम ३ थान, सानो प्लाष्टिकको ड्रम २ थान , कच्चा पदार्थ  ८० लिटर र तयारी मदिरा १०० लिटर नियन्त्रणमा लिई नष्ट पारिएको हो । 

भन्सार छली

विशेष