News पर्यटन देश प्रदेश ६

मानसरोबर यात्रामा गएका १६ सय भारतीय तीर्थयात्री अलपत्र

मानसरोबर यात्रामा गएका १६ सय भारतीय तीर्थयात्री अलपत्र

काठमाडौं । कैलाश मानसरोबर यात्रामा गएका झण्डै १६ सय भारतीय तीर्थयात्री अलपत्र परेका छन् । अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा करिव ५ सय  तिब्बती क्षेत्रमा र बाँकी सिमिकोट तथा हिल्सामा रोकिएका हुन् ।

 

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ५ सय २५ तीर्थयात्री सिमिकोट र ५ सय ५० हिल्सामा रोकिएका छन् । उनीहरुका लागि खाद्यान्न र बस्ने व्यवस्थाका लागि आफ्ना प्रतिनिधिहरु त्यसतर्फ लागेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

उनीहरुलाई सुर्खेत, जुम्ला, मुगु हुँदै वा सेनाको हेलिकोप्टरबाट उद्दार गर्ने प्रयास भइरहेको छ । हिल्सामा रहेका तीर्थयात्रीहरुका लागि उपलब्ध भएसम्म खाना र आवासको व्यवस्था गर्न हिल्ला चेकपोष्टस्थित प्रहरीलाई आग्रह गरिएको दूतावासले जनाएको छ ।

 

उनीहरुलाई सकेसम्म तिब्बततर्फ नै सुरक्षित रुपमा लैजान टूर अपरेटरलाई आग्रह गरिएको छ । हिल्लामा बस्ने ठाउँ र अत्यावश्यक औषधि पनि पर्याप्त छैन ।

तीर्थयात्री अलपत्र

विशेष