News व्यापार अर्थ शेयर प्रदेश ३

० दशमलव २७ प्रतिशतले घट्यो नेप्से 

० दशमलव २७ प्रतिशतले घट्यो नेप्से 

काठमाडौं । मंगलबार  नेप्से परिसूचक कारोबार शून्य दशमलव २७ प्रतिशतले घटेको छ । कारोबार भएको ५० मिनेटसम्म बढेको बजार त्यसपछि ३ दशमलव २२ अङ्कले घटेर नेप्से १ हजार १ सय ७६ दशमलव ४९ विन्दुमा पुगेको छ । कारोबार भएका सात समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो ।

 

कारोबार भएका १ सय १४ कम्पनीको १ हजार १ सय ३१ पटकको व्यापारमा  ५ करोड २५ लाख बराबरको शेयर कारोबार भएको छ । एभरेष्ट बैङ्कको प्रतिकित्ता  ६ सय ४२ मा  ५० लाख ४८ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेप्से

विशेष