News व्यापार अर्थ कर्पोरेट प्रदेश ३

प्लटिङले मासिँदैं  कृषियोग्य जमिन 

प्लटिङले मासिँदैं  कृषियोग्य जमिन 

चितवन । चितवनलाई कृषिको उर्बर भूमि मानिन्छ । धान, मकै, तोरी, तरकारी, गहुँ उत्पादनमा चितवन जिल्लाको भूमिका महत्वपूर्ण रहँदै आएपनि पछिल्ला वर्षहरुमा भने कृषि उत्पादन घट्दै गएको छ ।

 

०६२÷६३ पछि जिल्लामा जग्गा कारोबार ह्वात्तै बढेको थियो । २०७२ को भूकम्पको बेला चितवनमा कम क्षति भएपछि भूकम्प प्रभावित जिल्लाबाट बसाइँ सरेर चितवन झर्नेहरुको संख्या बढ्यो । त्यसपछि जग्गा कारोबारीको धन्दा ज्यामितीय रुपमा आकासिएको हो । 

 

चितवनको समथर उर्बर भूमिमा गिट्टी ओछ्याउँदै प्लटिङ थालियो, बिजुलीका पोल गाडिएका छन् । नियमन गर्ने निकायहरु जथाभावि भइरहेको प्लटिङ रोक्नेतिर लागेनन् बरु जग्गा दलालसँग मिलेर नै कमाउन उद्धत बने ।

 

कृषि विकास कार्यालय चितवनका अनुसार केही वर्षसम्म ३१ हजार हेक्टर क्षेत्रफलमा हुने धानखेती अहिले २८ हजार हेक्टर क्षेत्रफलमा झरेको छ । चितवनमा दुई सिजनमा गरेर १ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । 

 

जिल्लामा यसअघि २०० हेक्टरका दरले धानखेती गर्ने जग्गाको क्षेत्रफल घटेको कृषि विकास कार्यालय चितवनको दावी छ । यस वर्ष ४०० हेक्टरले घट्ने अनुमान कार्यालयका प्रमुख सुधिर श्रेष्ठले गरेका छन्  ।

 

भरतपुर महानगरपालिका वडा नम्बर १५ का अगुवा कृषक चन्द्रप्रसाद अधिकारीले पश्चिम चितवनको हरेक टोलमा बस्ती विकासको क्रम बढ्दै जाँदा खेतीयोग्य कृषि भूमि घट्दै गएको बताए ।

प्लटिङ जमिन 

विशेष