८ अंकले बढ्यो सेयर बजार, २५ करोडको कारोबार

काठमाडौं । मंगलबार झिनो अंकले वृद्धि भएको सेयर बजार बुधबार भने ८ दशमलव ४ अंकले वृद्धि भएको छ । कारोबार शुरु भएदेखि राताम्मे देखिएको शेयर बजार दिउसो १ बजेदेखि उकालो लागेको थियो ।
११८० दशमलव ३६ अंकबाट शुरु भएको शेयर कारोबार ८ दशमलव ०४ अंकले बढेर ११८८ दशमलव ४० अंकमा आइपुगेर बन्द भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकममा समेत वृद्धि भएको छ ।
दिनभर भएको ३ हजार ९ सय ४० वटा कारोबारबाट ८ लाख ३३ हजार ८ सय ९१ कित्ता शेयर किनबेच हुँदा २५ करोड ३४ हजार ६ सय ९ रुपैयाँको कारोबार भएको हो । मंगलबार २१ करोड ८१ लाख ९८ हजार ९९८ रुपैयाँ कारोबार भएको थियो ।
सेयर कारोबार