News

घरमा दुई श्रीमती, बाहिर कति कति ! तर पनि नपुग्ने डोलिन्द्रलाई 

घरमा दुई श्रीमती, बाहिर कति कति ! तर पनि नपुग्ने डोलिन्द्रलाई 

काठमाडौ । साझा प्रकाशनका विवादास्पद अध्यक्ष डोलिन्द्रप्रसाद शर्माको आर्थिक व्यवहार मात्रै होइन सामाजिक व्यवहार पनि विवादास्पद पाइएको छ । युवतीहरुसँग बढी नै आकर्षित हुने भनेर उनको चर्चा हुने गरेकै हो ।

 

बहुविवाह गरिसकेका डोलिन्द्र युवतीहरुप्रति कतिसम्म आकर्षित हुनछन् भन्ने बुझ्न केही आधारहरुमा ध्यान दिनु पर्ने हुन्छ । 

 

डोलिन्द्र निकट स्रोतका अनुसार जेठी पत्नीलाई हेला गरेर उनले गाउँमै राखेका छन् । काठमाडौं अनामनगरस्थित घरमा कान्छी पत्नीसँग उनी बस्छन् । अचम्म त के छ भने कान्छी पनि सोझी छन् । सोझी पत्नीको फाइदा उठाएर उनी अफिसको कामको बहानामा युवतीहरुसँग ‘नाइट स्टे’गर्ने गरी बाहिर जाने गरेको स्रोतको दावी छ ।   

 

साझामा कागज, स्टेसनरी आदि आपूर्ति गर्नेहरुसँग समेत अध्यक्ष डोलिन्द्रले भर्खरका केटीको माग गर्दै आएका छन् । त्यस्ता वस्तु आपूर्तिकर्ताहरु मध्ये धेरैजसोले केटीवाला काम गर्न सक्दैनन् । केही सिमितले बाध्य भएर डोलिन्द्रको माग पूरा गरिदिने गरेको बुझिएको छ । 

 

अनौपचारिक कुराकानीका क्रममा डोलिन्द्र गर्वका साथ साथीभाईसँग २० भन्दा बढी देशका सुन्दरीहरुसँग आफूले मस्ति गरिसकेको दावी गर्छन् । स्रोत भन्छ, ‘उनले कोरिया र बेलायतको बेश्यालयमा समेत मस्ति गरेको बताउने गरेका छन् ।’
 

र यो पनि,

 साझाको जवाफः ‘साझाको गाडीमा डोलिन्द्रकी प्रेमिका ओसारेको छैन’

 साझा प्रकाशनका गाडीः चित्रलेखाको घरमा पिज्जा पुर्‍याउनदेखि प्रेमिका ओसार्नसम्म

 साझाका अध्यक्ष शर्माकाे चमत्कारः पुर्ख्याैली पाखाे बारी, अहिले सम्पत्ति सहरभरी

 ‘प्रधानन्यायाधीशलाई पाँच लाख बुझाएर पद जोगाएँ’

 भगौडा असई रहेछन् साझाका अध्यक्ष डोलिन्द्र, सम्बन्ध नेतादेखि युवतीसम्म !

विशेष