News भिडियो

गौतम परिवारले गर्‍यो धर्ना स्थगित, सरकारले न्याय दिने (भिडियोसहित)

गौतम परिवारले गर्‍यो  धर्ना स्थगित, सरकारले न्याय दिने  (भिडियोसहित)

काठमाडौं । सरकारले आफूमाथि झुटो आरोप लगाएर अन्याय गरिएकोे भन्दै ३३ महिना १८ दिनसम्म निरन्तर धर्नामा रहेको विश्वनाथ गौतमको परिवारले अन्ततः धर्ना स्थगित गरेको छ ।

 

गैरकानुनी रुपमा बैँकिङ र इन्योसेरेन्सलगायतका आर्थिक गतिविधि गरेर अरबौँ ठगेको आरोपमा युनिटी लाइफ इन्टरनेशनल कम्पनीका संचालकलाई सरकारले पक्राउ गरेको थियो । 

 

जसमा गौतमलाई पनि उक्त कम्पनीको संचालकको हैसियतमा प्रहरीले पक्राउ गर्यो । यथार्थमा उनी त्यहाँका कर्मचारी मात्रै थिए । तर,सरकारी पक्षकाे कमजाेरिका कारण गौतमले ७ वर्ष जेल जीवन भोग्नु पर्यो ।


उनी जेलमुक्त भएको साढे २ वर्ष हुदा पनि उनीमाथि लगाइएको मुद्धा खारेज भएका छैन । जसको विरुद्धमा गौतम परिवार ३३ महिना १८ दिनसम्म संघीय संसद भवनको छेउमा धर्नामा बसेका थिए । 


विभिन्न सरकारका पालामा उनलाई न्याय दिने आश्वासन नअाएका हैनन् । तर, गौतमले अहिलेसम्म न्याय पाएका छैनन् । वर्तमान सरकारले उनलाई न्याय दिने संकेत देखाएकाे छ । गत मंगलवार सरकारले गौतमलाई न्याय दिने आश्वासनसहित धर्ना स्थगित गराउन लगाएको हाे ।


धर्नालाई स्थगित गर्दै गौतम पत्नी दीपाले वर्तमान सरकारबाट न्याय पाउने अाशा रहेकाे बताइन् । उनले आफ्ना सबै मागहरू पूरा गराउन वर्तमान सरकारले पनि आनाकानी गरे कडा रुपमा आन्दोलनको थालनी गर्ने चेतावनी दिइन् ।


यस्तै गौतमले पनि उक्त कुरा दोहोर्‍याए । उनले आफूमाथि भएको अन्यायबाट सरकारले पाठ सिकेर यस्तो गैरजिम्मेवारी पना नदोहोरिन दिन सजग गराए ।


गौतम परिवारको धर्ना स्थगित गराउन आएका गृहमन्त्रालयका प्रतिनिधि दिलिप सुवेदीले गृहमन्त्री यसमा सकरात्मक रहेको भन्दै तत्कालै काम अगाडि बढ्ने बताएका छन् । उनले भने, गृहमन्त्री ज्यु तपाइको  केसमा सकरात्मक हुनुहुन्छ ।  तपाइका मागकोे तत्कालै सुनाइ हुन्छ ।’


सुवेदीले गौतम परिवारलाई आगामी दिनमा अन्यायमा परेकाको पनि आवाज बनेर गैरसरकारी तथा सरकारी निकायको आँखा खोल्ने काम गरिदिन अनुरोध गरे ।

गृहमन्त्री न्याय  विश्वनाथ गाैतम दीपा गाैगम दिलिप सुवेदी धर्ना स्थगति

विशेष