News मुख्य समाचार

सशस्त्रका पाँच एआईजीले दिए राजीनामा

सशस्त्रका पाँच एआईजीले दिए राजीनामा

काठमाडौं । सशस्त्र प्रहरीका पाँच जना अतिरिक्त प्रहरी महानिरीक्षक  (एआईजी)ले बिहीवार राजीनामा दिएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले बढुवा गरेका एआईजीहरू जानकीराज भट्टराई, सुवोधकुमार अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले राजीनामा दिएका हुन् ।

 

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै पाँचै एआईजीले सामूहिक राजीनामा दिएका छन् । उनीहरुलाई गत माघ ७ गते तत्कालीन गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा गठित सिफारिस समितिको निर्णय अनुसार सरकारले डीआइजीबाट एआइजीमा एकसाथ बढुवा गरेको थियो ।

सरकारले सशस्त्रमा २ एआईजी मात्र राख्ने निर्णय यसअघि नै गरिसकेको छ ।

सशस्त्र प्रहरी राजीनामा पाँच एआईजी

विशेष