News मुख्य समाचार

सरकारले खटाएका चिकित्सकबाट उपचार गराउँदैनः डा. केसी

"काठमाडौंबाट चिकित्सक पठाउँनु कर्णालीका चिकित्सककाे अपमान"

सरकारले खटाएका चिकित्सकबाट उपचार गराउँदैनः डा. केसी

काठमाडाैं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै जुम्लामा अामरण अनसनरत डा. गोविन्द केसीले आफ्नो उपचारका लागि सरकारले खटाएका चिकित्सिकहरूबाट उपचार नगराउने बताएका छन्।

 

सरकारले आफ्नो उपचारका लागि भन्दा पनि मागहरूमा ध्यान दिनुपर्ने भन्दै अनसरत केसीले सरकारले उपचारका लागि छुट्टै चिकित्सकहरू पठाउन आवश्यक नभएको बताए ।

 

आफू अनसन बसेको ठाउँमा पनि विज्ञ चिकित्सहरू भएको भन्दै उनले सरकारले काठमाडौंबाट नै चिकित्सकहरू पठाएर कर्णालीका चिकित्सकहरूप्रति शंका गरेको आरोपसमेत लागाएका छन्।

 

सरकारले काठमाडौंस्थित वीर अस्पतालबाट चिकित्सकहरू सिद्धार्थ खाती र धीरज गुरुङलाई जुम्ला पठाएको छ ।

डा. गोविन्द केसी जुम्ला उपचार

विशेष