News व्यापार अर्थ बैंकिङ

८२ प्रतिशतले घट्यो बिल खरीद

८२ प्रतिशतले घट्यो बिल खरीद

काठमाडौं । वाणिज्य बैङ्कले व्यवसायीहरूको निर्यात बिल धितो राखेर दिने कर्जा (बिल पर्चेज)  ८३ प्रतिशतले घटेको छ । २०७४ को वैशाख मसान्तमा वाणिज्य बैङ्कहरूले निर्यात बिलको धितोमा १६ अर्ब ३० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

 

चालू आर्थिक वर्ष (आव) को सोही अवधि वा २०७५ मसान्तमा त्यस्तो बिलको धितोमा दिएको कर्जा १४ अर्बभन्दा धेरैले घटेर २ अर्ब ९७ करोड १३ लाखमा सीमित भएको छ । व्यवसायीले वस्तु निर्यात गरेको प्रमाण र आयातकर्ताको बैङ्कले जारी गरेको प्रतीतपत्र (एलसी) का आधारमा निर्यातकर्तालाई प्रवाह गर्ने अल्पकालीन कर्जालाई बिल खरीद (पर्चेज) भनिन्छ ।

 

बैङ्कहरू पनि चालू आवमा बिल खरीद घटेको स्वीकार गर्छन् । आयातको तुलनामा निर्यात बढ्न नसक्दा बिल खरीद कम भएको बैङ्करहरूको भनाइ छ । साथै हिसाब देखाउने प्रणालीबारे केन्द्रीय बैङ्कको निर्देशन पनि बिल खरीद घटेको देखिनुमा प्रमुख कारण भएको कतिपयको भनाइ छ ।

 

नेपाल राष्ट्र बैङ्कले २०७४ को एकीकृत निर्देशन  मार्फत आन्तरिक बजारबाट एकअर्का बैङ्कको चेक खरीद गर्न रोक लगाएकाले पनि सो शीर्षकको कर्जा कम भएको बताइएको छ । गतवर्षसम्म आन्तरिक बजारको चेक खरीद (क्लीन बिल पर्चेज) लाई पनि एउटै शीर्षकमा राख्ने गरेकाले बढी रकम देखिएको राष्ट्र बैङ्कको ठहर छ ।

घट्यो खरीद

विशेष