मूल्यसूची, बिलविजक राख्न व्यवसायीलाई निर्देशन
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा एक हजार ९ सय १५ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ ।
विभागले जिल्ला प्रशासन कार्यालय, सरोकार पक्षको समन्वयमा काठमाडौँ उपत्यकाभित्र प्रत्यक्षरुपमा अनुगमन गरेको छ भने उपत्यका बाहिर स्थानीय तहका प्रतिनिधि, प्रहरी प्रशासनलगायतको सहयोगमा अनुगमन गरेको छ । यस आवभित्र पाँच हजार ४ सय व्यापारिक फर्मको अनुगमनको लक्ष्य राखेको प्रवक्ता ढुण्डीराज पोखरेलले जानकारी दिए ।
बजार अनुगमनका क्रममा मूल्यसूची, बिलविजक, खरिद बिल राख्न व्यवसायीलाई निर्देशन दिइएको छ । नियम विपरीत व्यवसाय सञ्चालन गरेका ८० वटा फर्मलाई व्यवसाय बन्द गराइएको छ । २९ वटा फर्मको कारोबार रोक्का गरिएको छ । अनुगमनमा कतिपय व्यवसायीले भुलबस भ्याट वा प्यानमा दर्ता नभई राजश्व ठगी गर्ने गरेको पाइएको छ ।
उनीहरुलाई सम्झाई बुझाई कानूनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको विभागले जनाएको छ । आव २०७३÷७४ मा चार हजार ७ सय ५ व्यापारिक फर्म अनुगमन गरिएकोमा नियम विपरीत सञ्चालित १ सय ९ वटा फर्म बन्द गराइएको थियो ।
निर्देशन मूल्यसूची राख्न