News व्यापार अर्थ प्रदेश ३

नेप्से परिसूचक १ दशमलव ४७ प्रतिशतले वृद्धि

नेप्से परिसूचक १ दशमलव ४७ प्रतिशतले वृद्धि

काठमाडौं । साताको अन्तिम दिन नेप्से कारोबार भएको पहिलो एक घण्टाको अवधिमा १७ दशमलव ४८ अङकले बढेर १ हजार २ सय ५ दशमलव ८८ विन्दुमा पुगेको छ । नेप्से परिसूचक १ दशमलव ४७ प्रतिशतले बढेको छ ।

 

कारोबार भएका नौ समूहको परिसूचकमा वित्त कम्पनीको बाहेक बाँकी सबै समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढ्न पुगेको हो । बीमा समूहको २ दशमलव शून्य ४ प्रतिशत र लघुवित्तको २ दशमलव ८ प्रतिशतले बढेको छ ।

 

कारोबार भएका १ सय १९ कम्पनीको  ५ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १ हजार १ सय ८९ मा  ५४ लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेप्से परिसूचक

विशेष