एनआईसी एशिया बैंकको देशभर २२५ शाखा

काठमाडौं। एनआईसी एशिया बैंकले झापाको चारपाने शाखा बिस्तार गरेको छ। बैंकको बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले उद्घाटन गरेका छन् ।
बैंकको बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा नयाँ शाखाबाट कारोबार सुरु भएको बैंकले जनाएको छ। यो सँगै बैकको शाखा देशभर २ सय २५ पुगेको छ।
बैंकको वासलातको आकार १ सय ७६ अर्ब रुपैयाँभन्दा माथि पुगेको र कुल निक्षेप करिब १ सय ५० अर्ब रुपैयाँ पुगेको बिज्ञप्तीमा उल्लेख छ। यसैगरी बैंकले कुल १ सय २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।
एनआईसी एशिया