News राजनीति प्रदेश ३

दुई तिहाइको दम्भमा सरकार अधिनायकवादी भयो : अध्यक्ष राणा

दुई तिहाइको दम्भमा सरकार अधिनायकवादी भयो : अध्यक्ष राणा

भक्तपुर । राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष पशुपतिशमशेर जबराले सरकार दुई तिहाइ बहुमतको दम्भमा अधिनायकवादी बनेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले संसदमा गृहमन्त्रीले डाक्टर गोबिन्द केसी प्रति दिएको अभिब्यक्तिले सरकारको अधिनायकबादी चरित्र प्रष्टिएको बताए । 

 


उनले जनताको बिरोध गर्न पाउने मौलिक अधिकारलाई कुन्ठित गर्ने सरकार लोकतन्त्रबादी हुन नसक्ने बताए । वर्तमान सरकारका प्रमुख केपी शर्मा ओलीले सम्पति सुद्धिकरण आयोग, राजश्व अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रम कार्यालय मातहतमा ल्याउन खोज्नु शक्ति केन्द्रिकरण गर्ने अधिनायकवादी प्रवृतिको संकेत भएको उनले बताए । 

 


राणाले सर्वोच्च अदालतले बालकृष्ण ढुँगेलका हकमा सुनाएको सजायलाई वर्तमान सरकारले क्षमा दिएर न्यायपालिकाको मात्र अपमान नभएर शक्ति पृथकिकरणको सिद्धान्तको समेत खिल्ली उडाएको बताए । केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षा आयोगले र डाक्टर केसीले सिफारिस गरेको प्रवाधान सहितको बिधयक पारित नभएसम्म मेडिकल माफियाहरुको राज चलिरहने उनले बताए ।   

 


उनले सरकाले बजार नियन्त्रण गर्न नसक्दा नेपाली जनताको ढाड सेकिएको र आकासिँदै गएको बजार मूल्यलाई नियन्त्रण गर्दै आपुर्ति बढाउने तर्फ अग्रसर बन्नु पर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल रहेको भन्दै उनले उत्तर र दक्षिणतर्फ नेपालको निकासी बढाउने ठोस योजनाहरु ल्याउन नसकेको बताए ।  अब छिट्टै नै छरिएर रहेका राप्रपाहरु एक स्थानमा उभिने समेत राणाले बताएका छन् । 
 

सरकार अधिनायकवादी

विशेष