भुसालको नियुक्ति खारेज भएपछि प्राधिकरणको बैठक स्थगित
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी निर्देशक समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रधानमन्त्रीको सचिवालले बुधबार साँझको मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्ति खारेज भएको जनाउ दिँदै बैठक स्थगित भएको सूचना दिएको हो ।
बिहान १० बजे बालुवाटारमा बस्ने भनिएको बैठकमा सहभागी हुन प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाल १५ मिनेटअघि नै बालुवाटार पुगेका थिए । तर बुधबार साँझ मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले निर्वाचन आचारसंहित लागू भएपछि गरेका सम्पूर्ण राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।
यो निर्णयसँगै भुसालको राजनीतिक नियुक्ति पनि बदर भएको छ । भुसाल प्राधिकरणको सिइओमा २०७४ कात्तिक ६ गते नियुक्त हुनुभएको थियो । प्राधिकरणमा फेरि पनि नेतृत्व परिवर्तन हुने संकेत देखिएको छ । यसअघि गोविन्द पोखरेल र सुशील ज्ञवाली सीईओ भइसकेका छन् ।
युवराज भुसाल प्राधिकरण