News व्यापार अर्थ कर्पोरेट देश प्रदेश ३

बुद्ध एयरलाई नेपालगञ्ज – नयाँ दिल्ली उडान अनुमति

बुद्ध एयरलाई नेपालगञ्ज – नयाँ दिल्ली उडान अनुमति

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको नेपालगञ्ज नयाँ दिल्ली उडान अनुमति स्वीकृत गरेको छ।  यसअघि बुद्ध एयरले नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि दैनिक ३ वटा उडानकालागि अनुमति मागेको थियो।


 
बुद्ध एयरले नेपालगञ्जबाट दिल्ली बिहान ६ः३०, दिउँसो १ र साँझ ५ ः१० बजे उडान अनुमति माग्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचारसहित अनुरोध गरेको थियो। यसैक्रममा नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुद्ध एयरलाई नेपालगञ्जबाट दिल्ली उडानको लागि पत्राचार गरेको छ।

 

दिल्लीमा संसारभरिका एयरलाइन्स र यात्रु पर्यटकहरुको व्यापक आवतजावत हुने गरेको छ। यसैलाई ध्यानमा राखी बुद्ध एयरले विभिन्न एयरलाइन्सहरुसँग अन्तरदेशिय टिकट विक्री वितरणका लागि इन्टरलाईन र जिडिएस प्रणाली अध्ययन र लागू गर्नकालागि विभिन्न कम्पनीहरुसँग पत्राचार गरेको छ।

 

यस उडानबाट सुदूरपश्चिम र पश्चिमका जनताहरु प्रत्यक्ष लाभान्वित हुने बताइएको छ। बर्दिया, शुक्लाफाँटा निकुञ्ज, मनोरम हिमश्रृंखला, खप्तड, स्वर्गद्वारी रारा, तिलिचो तालतलैयाले पनि पर्यटकहरुलाई पनि आकर्षित गर्नेछन्। नेपालगञ्ज–नयाँ दिल्लीको उडान लगत्तै बुद्ध एयरले नेपालगञ्ज–पोखराको दैनिक उडान पनि भर्ने विज्ञप्तिमा उल्लेख छ।

नेपालगञ्ज दिल्ली उडान

विशेष