मुस्ताङमा ट्रिपर दुर्घटनाः १५ जनाको मृत्यु ,१७ घाइते

काठमाडौं । मुस्ताङमा ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । मुस्ताङको स्याङबोचेमा बा २ क २२१९ नम्बर ट्रिपर दुर्घटनामा हुँदा १५ जनाको मृत्यु भएको हाे ।
त्यसमध्ये १० पुरुष र ५ महिला रहेका छन् । उनीहरु सबै कालीगण्डकी करिडोरमा कार्यरत मजदुर रहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा करिब १७ जना घाइते भएको प्रहरीले जनाएकाे छ ।
प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार अहिले दुर्घटना स्थलतिर हेलिकोप्टर पठाउने तयारी भएको छ । मुस्ताङ सदरमुकामबाट दुर्घटनास्थलमा पुग्न करिब ६ घन्टा लाग्ने प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
मुस्ताङ ट्रिपर दुर्घटना १५ जनाको मृत्यु