News मुख्य समाचार

हामी आलोचना सुन्छौँ र देशमा रहेकाे बेथिति अन्त्य गर्छाैं : प्रधानमन्त्री ओली

हामी आलोचना सुन्छौँ र देशमा रहेकाे बेथिति अन्त्य गर्छाैं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डलालगायतका क्षेत्रमा प्रदर्शन गर्न रोक लगाउने निर्णयको बचाउ गरेका छन् । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै आफूहरु आलोचना सुनेर बेथितिको अन्त्य गर्ने पनि स्पष्ट गरेका हुन् । सरकारले विरोध प्रदर्शनका लागि स्थान निश्चित गरेको विषयमा आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्ताे प्रतिक्रिया आएको हो । 

 

“हामी शान्तिपूर्ण आन्दोलनमा हुँदा जो गोलीका आँखा हुँदैन भन्दै प्रहार गर्नुहुन्थ्यो, जसले तीन वर्षमा शान्तिपूर्ण प्रदर्शनमा १२२ नागरिकको ज्यान लिनुभयो आज उहाँहरू अहिले अधिनायकवाद बेचिरहनु भएको छ,” प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “हामी आलोचना सुन्छौँ र देशमा बेथिति अन्त्य गर्छाैं । संसारका सबै देशमा जहाँ सुकै प्रदर्शन हुँदैनन् ।”

 

तर, सर्वोच्च अदालतले त्यो निर्णय कार्यान्वयन नगर्ने अाजै  अन्तरिम आदेश दिएकाे छ ।

प्रधानमन्त्री ओली प्रदर्शन माइतीघर मण्डलाल

विशेष