मुस्ताङ ट्रिपर दुर्घटना अपडेटः मृत्यु हुनेकाे संख्या १९ पुग्याे (नामसहित)
मुस्ताङ । मुस्ताङ भएकाे ट्रिपर दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । ११ जना घाइते भएका छन् । शुक्रवार दिउसाे दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा बेनी कोराला सडकमा काम गर्ने मजदूर चढेको टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो।
कालीगण्डकी करिडोरअन्तर्गत बनिरहेको सकड निर्माण गर्ने मजदुहरु खाना खाएर काममा फर्किदा ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनालाई हेलिकप्टरबाट पोखरा ल्याइएको छ भने ५ जनालाई मुस्ताङ अस्पतालमा उपचार गराइएको छ। मृतकमध्ये १५ जनाको मात्र सनाखत हुन सकेको प्रहरीले बताएको छ।
मृतकहरूको नामावली
१.दाङ, वर्ष ३० को बाल कुमार घर्ती
२. रोल्पा, वर्ष २८ को सुकमान रोका
३. धादिङ, वर्ष २३ को सुजन घलान (चालक)
४. सिन्धुली, वर्ष २०को जिवन माझी
५. कैलाली, वर्ष २२ को बिन्ती घर्ति
६. रोल्पा, वर्ष १९ को महेश रोका
७.कपिलवस्तु, वर्ष ३५ को कमान सिंह रोका
८. दाङ, वर्ष ३१ की कविता घाम। (महिला)
९. रोल्पा, वर्ष ३२ को रामकुमार पुन
१०. दाङ, वर्ष ३५ को सुबेर चौधरी
११. कैलाली, वर्ष २३ की बिनिता घर्ती (महिला)
१२. दाङ, वर्ष ४३ की शान्ती थापा ( महिला )
१३. रोल्पा, वर्ष ३२ की सोन्तु घर्ती (महिला)
१४. स्याङ्जा, वर्ष २४ को कृष्ण क्षेत्री
१५. दाङ, वर्ष २५ को कमल बुढा