अवैध सुनसहित युवक पक्राउ

काठमाडौं । प्रहरीले अवैध सुनसहित १ युवकलाई काठमाडौंबाट पक्रेको छ । गोरखा भीरकोट नगरपालिका–९ का कृष्ण भट्टराईलाई महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले असार १९ गते एयरपोर्ट अगाडिबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय, काठमाडौंका अनुसार भट्टराईको साथबाट २ थान सुनको बाला बरामद भएको छ । बरामद बालाको तौल कूल ११५ ग्राम छ ।पक्राउ परेका भट्टराईलाई प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरणमा पठाएको छ ।
अवैध सुन