News राजनीति प्रदेश ३

कांग्रेसद्वारा संसद अवरुद्ध

कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौं । डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेसले शुक्रबार नै डाक्टर केसीको जीवन रक्षा गर्न माग गर्दै  जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । तर, कार्यसूचीमा नपरेपछि बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाए ।

 

सभामुखले समय दिएपछि प्रमुख सचेतक बालकृष्ण खाँडले डा. केसीको स्वास्थ्य अवस्थ  गम्भीर भएको शुक्रबार नै छलफल गर्नुपर्ने बताए । नभए सदन अघि बढ्न नसक्ने बताए । सभामुख कृष्णबहादुर महराले संसद नियमावलीको नियम ७१ को ३ अनुसार मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने आश्वासन दिए । साथै सदन सुचारु गर्न सहयोग मागे ।

 

तर, कांग्रेस सांसदहरुले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै सदन अवरुद्ध गरिरहे । संसद बैठक आधा घन्टालाई स्थगित भएको छ ।

संसद अवरुद्ध

विशेष