News मुख्य समाचार

मध्यपश्चिम विश्वविद्यालयमा अनसनरत विद्यार्थीहरूकाे स्वास्थ्य अवस्था गम्भीर

मध्यपश्चिम विश्वविद्यालयमा अनसनरत विद्यार्थीहरूकाे स्वास्थ्य अवस्था गम्भीर

सुर्खेत । विभिन्न मागहरू राखेर आमरण अनशन बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीहरूको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।  

 

आमरण अनसन बसेको तेस्रो दिन शुक्रबार अनसन बसेकामध्ये एक जनाकाे स्वास्थ्य अवस्था बिग्रिएकाले स्थानीय देउती अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अन्य तीनजना विश्वविद्यालयको परिसरमै अनसन बसेका छन् । 

 

विद्यार्थीहरुले इन्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरुको उचित व्यवस्था गरिनुपर्ने र पुस्तकालयमा पर्याप्त पुस्तकहरुको व्यवस्था गरिनुपर्नेलगायतका मागहरु राखेर गएको बुधबारदेखि अनसन बसेका हुन् । 

 

तल्लो तहका कर्मचारीहरुसंग वार्ता नगर्ने विद्यार्थीहरुले विश्वविद्यालयका पदाधिकारीसँगै आफ्ना माग सम्बोधनका लागि वार्ता बस्ने बताएका छन् । उनीहरुले उपकुलपति र रजिष्ट्रारले आफ्ना मागहरु वेस्वाता गरेको आरोप लगाएका छन् । 

 

अहिलेसम्म विश्वविद्यालयका पदाधिकारीहरु कोही पनि सम्पर्कमा नआएको अनसनरत विद्यार्थीहरुले बताए । विद्यार्थीहरुले बिहीबारदेखि विश्वविद्यालयमा रहेको सम्पूर्ण सवारीसाधन बन्द गर्नुका साथै  केन्द्रीय प्रशासन कार्यालयमा समेत अनिश्चितकालका लागी तालाबन्दी गरेका छन् ।

मध्यपश्चिम विश्वविद्यालय अनसनरत

विशेष