News खेल मुख्य समाचार

एमसीसी र नेदरल्याण्ड्सविरुद्धको खेलका लागि नेपाली क्रिकेट टिमको घोषणा

एमसीसी र नेदरल्याण्ड्सविरुद्धको खेलका लागि नेपाली क्रिकेट टिमको घोषणा

  
काठमाडौं । बेलायतमा हुन मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सविरुद्धको खेलका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ । छनोट समितिले २० सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेका हुन् । 

 

पारस खड्काको कप्तानीमा रहेको टिममा अनिल शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, हरि क्षेत्री, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल, सुनिल धमला, सुसान भारी रहेका छन ।


उक्त टिममा विनोद भण्डारी, सुवास खकुरेल र प्रदिप ऐरीले कमब्याक गरेका छन । यस्तै हरि क्षेत्रीले पहिलो पटक टिममा स्थान बनाएका छन । नेपालले यही जुलाई २९ तारिखमा लर्डमा त्रिकोणात्मक श्रृखंला खेल्नेछ ।

 

टी–२० फरम्याटमा हुने प्रतियोगितामा नेपालसहित एमसीसी र डच टिमको सहभागिता रहेको छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिएको छ । 


त्यसपछि नेपाली टिम दुई एकदिवसीय खेलका लागि नेदरल्याण्ड्स जानेछ । जहाँ नेपालले घरेलु टिमसँग अगष्ट १ र ३ मा दुई खेल खेल्नेछ । नेपाली टिमले भोलिदेखि बन्द प्रशिक्षण गर्नेछ ।
 

एमसीसी नेदरल्याण्ड्स नेपाली क्रिकेट टिम

विशेष