News

ओली–प्रचण्डमाथि डा. केसी समर्थकको अाक्राेशः तिम्रो मार्सी भोजनले जनताको पेट भरिन्न

ओली–प्रचण्डमाथि डा. केसी समर्थकको अाक्राेशः  तिम्रो मार्सी भोजनले जनताको पेट भरिन्न

काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सरकारले गरेको परिमार्जनको विरोधमा ८ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीका समर्थनले काठमाडाैंमा प्रदर्शन गरेका छन् ।

 

डा. केसीको समर्थनमा माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीले डा. केसीको समर्थन, निषेधाज्ञाको विरोध तथा असहमति राख्न पाउने अधिकारीको पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

प्रदर्शनकारीले ओली सरकारको मिसन सिटामोलमा कमिसन, ओली सरकार खबरदार, मौलिक हकमा किन प्रहार, नखाउन्जेल खाउँखाउँ लाग्ने खाएपछि गुन तिर्न हतार लाग्ने के हो?–मार्सी चामलको भात, भन्दै नारा लगाएका थिए ।

 


डा. केसीको अनसन र माथेमा आयोगको प्रतिवेदनमा आधारमा आएको अध्यादेश तुहाएको भन्दै उनले भने  ‘ओली र प्रचण्ड सुन, तिम्रो मार्सी भोजनले जनताको पेट भरिन्न ।’ 
 

डा. गोविन्द केसी प्रचण्ड अनशनरत डा. केसी समर्थक ओली सरकार

विशेष