News कर्पोरेट मुख्य समाचार

वायुसेवा निगमको वाइड बडीले दोहामा साताभरी उडान भर्ने

वायुसेवा निगमको वाइड बडीले दोहामा साताभरी उडान भर्ने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ वाइड बडी विमान ‘अन्नपूर्ण’ बाट पुरानो गन्तव्य कतारको दोहामा साताभरि उडान भर्ने योजना बनाएको छ।

 

वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो। एयरबस निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको उक्त विमान शुरुमा छोटो गन्तव्यमा उडान गरिनेछ।

 

वाइड बडी विमानले पहिलो गन्तव्यको रुपमा हाल उडान गरिरहेको दोहा, भारतको बैंगलोर र थाइल्याण्डको बैंककमा उडान भर्ने तयारी गरेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । दोहामा हप्ताभरी तथा बैंगलोर र बैंककमा हप्ताको चार दिन उडान भरिनेछ।

 

प्रवक्ता श्रेष्ठका अनुसार नयाँ वाइड बडी विमानको व्यावसायिक उडानका लागि आवश्यक कागजी प्रक्रिया अन्तिमचरणमा पुगेको र एक/दुई दिनभित्रै परीक्षण उडान ‘प्रुभिङ फ्लाईट’ गरिनेछ ।

 

यो उडान छोटो दूरीको हुन्छ । भारतको नयाँदिल्ली उडान गरिने प्रवक्ता श्रेष्ठको भनाइ छ। नयाँ विमानलाई एक पटक प्रुभिङ उडानपछि मात्र व्यावसायिक उडानमा लगिन्छ। विमान उडाउनका लागि छजना स्वदेशी विमान चालक पाइलट तयार भइसकेका छन्।
 

उडान वाइड बडी विमान कतारको दोहा

विशेष