News स्वास्थ्य

कुरिलोकाे सेवनले स्तन क्यान्सर बढ्छ !

कुरिलोकाे सेवनले स्तन क्यान्सर बढ्छ !

काठमाडौं । कुरिलाकाे सेवनले स्तन क्यान्सर बढ्ने एक अध्ययनले देखाएकाे छ । नचर जर्नलमा प्रकाशित एक आलेखले उक्त कुरा उल्लेख गरेको हाे । 

 

कुरिलो, माछा र बदाम जस्ता खानेकुराबाट निकालिएको अमिनो एसिड एस्पाराजाइनले स्तन क्यान्सर तीव्र गतिमा फैलाउन योगदान गर्ने क्याम्ब्रिज विश्वविद्यालयको अनुसन्धानले देखाएको छ ।

 

मुसा र मानिसको ट्यूमर परीक्षण गर्दा वैज्ञानिकहरूले एस्पाराजाइनले रोग फैलाउने जोखिम बढाउने पत्ता लगाए । 

 

‘एस्पाराजाइन कम खान थाल्दा रोगीलाई फाइदा त हुन्छ तर हामी बिरामीहरूलाई कुनै पनि खानेकुरा चिकित्सकलाई नसोधिकन झ्याप्पै नछोड्नुस् भनी सल्लाह दिन्छौं,’ बेलायतको सबभन्दा ठूलो स्तन क्यान्सर अनुसन्धान च्यारिटी ब्रेस्ट क्यान्सर नाउका प्रमुख कार्यकारी ब्यारोनेस डेलिथ मोर्गनले बताइन् । 

विशेष