News मुख्य समाचार

पूर्व राजाले ७२ औं जन्मोत्सव यसरी मनाए नेपालगञ्जमा (फोटो फिचर)

पूर्व राजाले ७२ औं जन्मोत्सव यसरी मनाए नेपालगञ्जमा (फोटो फिचर)

बाँके । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार अाफ्नाे ७२ औं जन्मदिन नेपालगञ्जमा मनाएका छन् ।  सम्पूर्ण परिवारसहित नेपालगञ्जको राझास्थित होटल सोल्टीमा पूर्व राजाको जन्मदिनमा मनाएका हुन् । यसअघिका वर्षहरूमा उनले निर्मल निवास काठमाडौंमा जन्मदिन मनाउँदै आएका थिए। 

 पूर्व रानी कोमल, छोरा पारस, छोरी प्रेक्षा, बुहारी हिमानी, नाती–नातिनासहित पूर्व राजा बिहीबार नेपालगञ्ज आएका थिए । दर्शनभेट तथा शुभकामनाका लागि बाँके र आसपासका जिल्लाबाट सयौं नागरिकहरु होटल सोल्टीमा अाएका थिए ।

यस्तै राप्रपा, राप्रपा प्रजातान्त्रिक, एकीकृत राप्रपालगायत अन्य विभिन्न राजनीतिक दलका नेता, कार्यकर्तासहित सरकारी कर्मचारीहरु लाइनबद्ध भएर पूर्व राजाको जन्मोउत्सव मनाए । उनीका समर्थकहरुले ‘राजा आउ देश बचाऔं’ भन्ने नारा समेत लगाएका थिए ।

 

 

पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज जन्मोउत्सव

विशेष