News समाज प्रदेश ५

पत्रकार चौधरीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीकाे माग

पत्रकार चौधरीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीकाे माग

काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार महासंघ प्रदेश नं ५ समिति सदस्य रामविकास चौधरीमाथि दुर्व्यवहार  गर्नेलाई कारबाहीको माग गरेको छ । 

 

महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गदै रुपन्देहीस्थित सम्मवरीमाई गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले दुर्व्यवहार गर्दै धम्क्याएको घटनाको छानवीन गरि दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । 

 

यही असार २२ गते समाचार संकलानार्थ गाउँपालिकाको कार्यालय पुगेका चौधरीलाई अध्यक्ष शुक्लाले दुर्व्यवहार गर्दै हातमा समातेर गाउँपालिकाको कार्यालयबाट बाहिर निकाली गोरखपुर पु्र्याइदिने भनेर धम्क्याएको पीडित पत्रकार चौधरीले बताएको महासंघले जनाएको छ । 

कारवाही माग

विशेष