कुलपतिको अनुमति नलिँदा उपकुलपतिलाई एयरपोर्टबाट फर्काइयो : गृहमन्त्री
काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विदेश जान रोक्नुको कारण संसदलाई जानकारी गराएका छन्।
आइतबार राष्ट्रियसभाको बैठकमा नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले उपकुलपतिलाई विमानस्थलबाट फर्काइनुको कारणबारे मागेको स्पष्टिकरणको जवाफमा गृहमन्त्री थापाले कुलपति 'प्रधानमन्त्री' सँग अनुमति नलिइ उपकुलपति कोइराला विदेश जान लागेकाले विमानस्थलबाट फर्काइएको जानकारी गराए।
‘विदेश जाँदा सरकारको अनुमति लिएर जानुपर्ने हुन्छ । कुलपतिको अनुमतिबिना नै उपकुलपति विदेश जान लाग्नु भएकाले रोकिएको हो’ गृहमन्त्री थापाले संसदमा भने, ‘अहिलेसम्म आएको जानकारी यही हो। थप जानकारी मन्त्रालयमा आउँदै छ।’
विदेश वा अन्यत्र जाँदा सम्बन्धित निकायबाट अनुमति लिएर जानुपर्ने उनले बताए।
उपकुलपति गृहमन्त्री रामबहादुर थापा विदेश भ्रमण कुलप्रसाद कोइराला