News समाज प्रदेश ३

करेन्ट लागेर नगरविकास समतिका पूर्व अध्यक्षको मृत्यु

करेन्ट लागेर नगरविकास समतिका पूर्व अध्यक्षको मृत्यु

धादिङ । धादिङकाे नीलकण्ठ नगरपालिका वडा नम्बर–३ मा एक जनाकाे करेन्ट लागेर मृत्यु भएकाे छ ।  आइतबार घर नजिकै खेतमा खोलाबाट पानी लगाउन लाग्दा पानीतान्ने मोटरको तारबाट लागेर  ५५ वर्षीय केशबराज अधिकारीको करेन्ट घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

 

 अधिकारी सामाजिक कार्यकर्ता एवं धादिङबेसी नगरविकास समितिका पूर्व अध्यक्ष हुन् । यसअघि बनाइएको नयाँ घरमा पानी लगाउन लाग्दा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर चार दिनअघि नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसीका अर्जुन श्रेष्ठको पनि ज्यान गएको थियो ।

करेन्ट धादिङ मृत्यु केशबराज अधिकारी

विशेष