News प्रवास रोजगार

सरकारले श्रम स्वीकृति लिएर मलेसिया जान नपाएका कामदारलार्इ पठाउने

सरकारले श्रम स्वीकृति लिएर मलेसिया जान नपाएका कामदारलार्इ पठाउने

काठमाडौं । जेठ ३ गतेसम्ममा  सबै प्रक्रिया पूरा गरेर मलेसिया जान नपाएका कामदारको हकमा थप निर्णय गर्ने सक्नेश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले बताएका छन् ।

 

आइतबार वैदेशिक रोजगार व्यवसायीसँग भएको छलफलमा मन्त्री बिष्टले जेठ ३ गतेभन्दा अगाडि नै सबै प्रक्रिया पूरा गरिसकेका कामदारको विवरण माग्दै उनीहरूको हकमा भने अन्तिम श्रम स्वीकृति खुलाउन सकिने बताएका हन् ।

 

म्यानपावर व्यवसायीले सिन्डिकेट खारेज गरे पनि सबै प्रक्रिया पूरा गरेर मलेसिया जान नपाएका कामदारको अन्तिम श्रम स्वीकृत खुलाउन उनले आग्रह गरेका थिए । 

 

मन्त्री बिष्टले खारेज गरेका संस्थाको सम्बन्धमा हो भने सरकारपछि नहट्ने र अरु संस्थाबाट जान नपाएका कामदार भएमा छलफल गरेर थप निर्णय गर्ने बताए । 

 

साथै, मन्त्री बिष्टले म्यानपावर व्यवसायीलाई नयाँ कामदारको काम भने नल्याउन निर्देशन दिए । मलेसियामा अहिले भएको समस्या समाधान भइरहेको र समाधान गर्न केही समय लाग्ने भएकाले नयाँ माग पत्र नल्याउन उनले निर्देशन दिएका हु्न् । 

श्रम स्वीकृति मलेसिया कामदार

विशेष