News मुख्य समाचार

पर्यटन मन्त्रालयले गठन गरेको विज्ञ समूहबाट हरिभक्त श्रेष्ठ हटाइए

पर्यटन मन्त्रालयले गठन गरेको विज्ञ समूहबाट हरिभक्त श्रेष्ठ हटाइए

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले विज्ञ समूहबाट हरिभक्त श्रेष्ठलाई हटाएका छन्। पर्यटन मन्त्रालयले गठन गरेको विज्ञ समूहमा लाउडा काण्डमा संलग्न भएको आरोप लागेका श्रेष्ठलाई राखेको भन्दै मन्त्री अधिकारीकाे आलोचना भएको थियो।

 

पर्यटन मन्त्रालयमा पूर्वसचिव श्रेष्ठले बहु चर्चित लाउडा भष्ट्राचार काण्डमा विशेष अदालतबाट सफाई पाए पनि अख्तियारले उक्त मुद्दा सर्वोच्च अदालतमा दायर गरेको थियो। सर्वोच्चमा श्रेष्ठविरुद्ध दायर भएको मुद्दाको अझै अन्तिम फै‍सला भएको छैन। 

 

सर्वोच्च अदालतमा भष्ट्राचारको मुद्दा विचाराधिन भएको व्यक्तिलाई विज्ञ समुहमा राखेको भन्दै मन्त्री अधिकारीको आलोचना भइरहेको छ।
गत चैत २५ गते मन्त्रि अधिकारीले नागरिक उड्डयन क्षेत्रमा सुझाव दिन २९ सदस्यिय विज्ञ समुह गठन गरेका थिए।

रविन्द्र अधिकारी पर्यटन मन्त्री हरिभक्त श्रेष्ठ विज्ञ समूह

विशेष