News

कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्त सर्वोच्चमा हाजिर, डिल्लीबजार कारागार चलान

कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्त सर्वोच्चमा हाजिर, डिल्लीबजार कारागार चलान

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा सर्वोच्च अदालतले थुनामा राख्नु भनिएका प्रतिवादी छविलाल पौडेल अदालत उपस्थित भएका छन्।

 

 सर्वोच्चले लगत्तै उनलार्इ डिल्लीबजार कारागार चलान गरेकाे छ । २०७२ पुस ६ गते सर्वोच्चले पौडेललाई थुनामा राखी मुद्दा किनारा लगाउन फैसला सुनाएको थियो। उक्त फैसलाको तीन वर्षपछि पौडेल आफैं अदालतमा हाजिर भएका हुन्।

 

कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुर आमालाई भेट्न आएका बेला २०६१ जेठ २४ मा हत्या भएको थियो। हत्याको जिम्मा तत्कालीन विद्रोही माओवादीले लिएको थियो।

 

छोराको हत्यारालाई कारबाहीको माग गर्दै कृष्णप्रसादकी आमा गंगामाया अधिकारी लामो समयदेखि अनसनमा छिन्। उनको स्वास्थ्य अवस्था जटिल बनेपछि आइसियूमा राखेर उपचार भइरहेको छ । उनका बुवाकाे भने अनसनका क्रममा मृत्यु भइसकेकाे छ । 

 

 

कृष्णप्रसाद अधिकारी हत्या छविलाल पौडेल

विशेष