थाइल्याण्डको गुफामा दुई हप्ताअघि फसेका ६ बालककाे सकुशल उद्धार

काठमाडौं । उत्तरी थाइल्याण्डको एक गुफामा बाढी आएर फसेका १२ बालमध्ये ६ जनालाई आइतवार सुरक्षित बाहिर निकालिएको छ । उनीहरू गत जुन १३ मा फसेका थिए।
गुफा क्षेत्रमा गोताखोर, स्वास्थ्यकर्मी टिम र सुरक्षाकर्मी संलग्न रहेको उद्धार टोलीले आइतबार ७ बालकको उद्दार गरिएको हाे । गुफाको जलस्तर बढ्ने बताइए पनि उद्धार टोलीले खतरा मोलेर ती बालकहरुको उद्धार गरिरहेकाे छ ।
उद्धारमा संलग्न लेफ्टिनेन्ट जनरल कोङगचिप तन्त्रावानितले भनेका छन्, ‘हामीले तत्कालै ६ बालकको उद्धार गरेका छौँ। केही बेरमै अन्य बालकलाई बाहिर ल्याउन सक्छौँ।’ यसका साथै उनले गुफाभित्र एउटा बेस क्याम्प समेत बनाएर राखिएको बताएका छन्।
यस्तै गुफाबाट अस्पताल करिब एक घण्टाको दूरीमा रहेको छ जहाँ उनीहरूका आफन्तले पर्खिरहेका छन्। गुफाभित्र कमजोर अवस्थामा रहेका बालकलाई सबैभन्दालार्इ पहिला निकालिएको हाे ।
थाइल्याण्ड गुफा