News समाज

कपुरधारामा नवविवाहित दम्पती मृत भेटिए

कपुरधारामा नवविवाहित दम्पती मृत भेटिए

काठमाडौं । काठमाडौंको कपुरधारामा एक नवविवाहित दम्पती मृत अवस्थामा भेटिएका छन्। लमजुङ घर भएका रामकुमार भुजेल र उनकी श्रीमती गीता आइतबार मृत अवस्थामा भेटिएका हुन्। 

 

उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रहरी आशंका छ। उनीहरु डेरामा बस्दै आएका थिए। महानगरीय प्रहरी वृत्त लैनचौरका अनुसार कोठामा भित्रबाट चुकुल लगाइएको थियो। करिब २ सातादेखि मात्र उनीहरु त्यहाँ बस्न थालेका हुन्।

 

श्रीमान लडिरहेको अवस्था र श्रीमती झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। २ दिनसम्म कोठा नखुलेपछि घरबेटीले प्रहरीलाई बोलाएर ढोका खोल्दा दम्पती मृत अवस्थामा भेटिएका हुन्। महानगरीय अपराध महाशाखाले समेत घटनाको अनुसन्धान अघि बढाएको छ। 

लमजुङ कपुरधारा रामकुमार भुजेल गीता दम्पती मृत

विशेष