News मुख्य समाचार

मुस्ताङ टिप्पर दुर्घटनाः मृतकका परिवार र निर्माण कम्पनीबीच क्षतिपूर्तिमा सहमति

मुस्ताङ  टिप्पर दुर्घटनाः मृतकका परिवार र निर्माण कम्पनीबीच क्षतिपूर्तिमा सहमति

पोखरा । शुक्रबार मुस्ताङमा भएको टिप्पर दुर्घटनाबाट ज्यान गुमाएकाहरुको परिवारले जनही ५ लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेले निःशुल्क औषधि–उपचार पाउने भएका छन्। 

 

दुर्घटनामा ज्यान गुमाएका र घाइतेका आफन्त तथा निर्माण कम्पनी ‘विरुवा कन्स्ट्रक्सन’बीच आइतबार जिल्ला प्रहरी कार्यालय कास्की तथा रोल्पा–पोखरा सम्पर्क समितिको रोहबरमा क्षतिपूर्ति सम्बन्धी सहमति भएको हो।

 

 ‘दुवैपक्षलाई राखेर क्षतिपूर्तिको सहमति गरेका छौं,’ रोल्पा–पोखरा सम्पर्क समितिका अध्यक्ष सुन्दर बुढामगरले भने। सहमति अनुसार प्रतिमृतक ५ लाखसहित थप ५० हजार क्रिया खर्च कन्स्ट्रक्सन कम्पनीले बेहोर्नेछ। 


त्यसका साथै, दुर्घटनामा बाबुआमा (मौसम र जीतमाया घर्तीमगर) गुमाएका विवश घर्ती र विशेषण घर्तीलाई थप ३–३ लाख रुपैयाँ दिने सहमति भएको बुढामगरले जनाए ।  उक्त दुर्घटनामा परि २० जनाकाे ज्यान गएकाे थियाे भने १३ जना घाइते भएका छन् ।

मुस्ताङ क्षतिपूर्ति टिप्पर दुर्घटना

विशेष