News

नेपालआजलाई तर्साउन विप्लवका कार्यकर्ता प्रयोग गर्न थाले डोलिन्द्रले 

नेपालआजलाई तर्साउन विप्लवका कार्यकर्ता प्रयोग गर्न थाले डोलिन्द्रले 

काठमाडौं । साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्माले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता प्रयोग गरेर नेपालआजलाई धम्क्याउने प्रयास गरेका छन् । आफूलाई विप्लवका कार्यकर्ता बताउने मोबाइल नम्बर ९८१३६१७६२३ प्रयोगकर्ताले नेपालआजलाई फोन गरेर साझाका अध्यक्ष शर्माका बारे समाचार प्रकाशन नगर्न भनेका छन् ।

 

फोन गर्ने व्यक्तिले आफ्नो नाम भनेनन् । सो नम्बरका प्रयोगकर्ताले भने, ‘डोलिन्द्रका बारे किन समाचार छाप्नु हुन्छ ? हामीले बुझेसम्म उनी खराब मानिस होइनन् । राम्रो पत्रकारिता गर्नूस्, अन्टसन्ट नलेख्नूस् ।’ 

 

नेपालआजलाई पत्रकारीता सिकाउने शैलीमा उनले भने, ‘डोलिन्द्रको पछि लागेर तपाईहरुले केही पाउनु हुन्न । नचाहिँदो कुरा लेख्दा तपाईकै लागि घातक हुन सक्छ । तपाईकै लागि प्रत्युपादक हुन सक्छ ।’

 

उनले डोलिन्द्रको बारे लेख्दै जाने हो भने आफूहरुले सहन नसक्ने भन्दै धम्कीको भाषा पनि प्रयोग गरेका छन् । उनलाई नेपालआजको जवाफ थियो, ‘तपाईको पार्टीको बारेमा लेखिएको, छापिएको विषय छ भने त्योसँग सम्बन्धित कुरा गर्नूस । बाँकी कुरामा के गर्ने भन्ने डोलिन्द्रजी आफै सक्षम हुनुहुन्छ । कानुनी उपचारमा जाने हामी सबैको अधिकार सुरक्षित छ । ’

 

► घरमा दुई श्रीमती, बाहिर कति कति ! तर पनि नपुग्ने डोलिन्द्रलाई

 साझाको जवाफः ‘साझाको गाडीमा डोलिन्द्रकी प्रेमिका ओसारेको छैन’

 साझा प्रकाशनका गाडीः चित्रलेखाको घरमा पिज्जा पुर्‍याउनदेखि प्रेमिका ओसार्नसम्म

 साझाका अध्यक्ष शर्माकाे चमत्कारः पुर्ख्याैली पाखाे बारी, अहिले सम्पत्ति सहरभरी

 ‘प्रधानन्यायाधीशलाई पाँच लाख बुझाएर पद जोगाएँ’

 भगौडा असई रहेछन् साझाका अध्यक्ष डोलिन्द्र, सम्बन्ध नेतादेखि युवतीसम्म !

विशेष