News

अाेली सरकारले ममाथि अपराधीलार्इ जस्तो व्यवहार गर्‍याेः उपकुलपति कोइराला

अाेली सरकारले ममाथि अपराधीलार्इ जस्तो व्यवहार गर्‍याेः उपकुलपति कोइराला

काठमाडौं । नेपाल सँस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाले राज्यले आफूलाई अपराधी जस्तो व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् ।

 

आइतबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उपकुलपति कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राज्यको सबै सम्पत्ति लुटेर भाग्न लागेको जस्तो व्यवहार गरेको भन्दै दु:ख व्यक्त गरे । उनले भने, ‘म अत्यन्त दु:खी र चिन्तित छु।’

 

आफूलाई नियन्त्रणमा लिएर बालुवाटार पुर्‍याइसकेपछि आफ्ना कुरा राख्छु भन्दा प्रधानमन्त्रीले समय नदिएको उनले गुनासाे गरे । ' १४ वर्ष जेलमा बिताएका केपी ओलीले प्रजातन्त्रका आधारभूत सिद्धान्त पनि नबुझेकाे देखियाे' उनले भने ।

 

विश्व संस्कृत सम्मेलनमा भाग लिन क्यानडा भ्रमणमा जान लागेका नेपाल उपकुलपति कोइरालालाई शनिबार साँझ प्रहरीले विमानस्थलबाटै पक्रेर प्रधानमन्त्रीनिवास बालुवाटार पुर्‍याएकाे थियाे ।

उपकुलपति प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमण डाक्टर कुलप्रसाद कोइराला

विशेष