News व्यापार अर्थ देश प्रदेश ३

नेपाल र चीनबीच क्रस बोर्डर सेज स्थापनाको तयारी

नेपाल र चीनबीच क्रस बोर्डर सेज स्थापनाको तयारी

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणले नेपाल र चीनको सीमानामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने तयारी गरेको छ । दुई देशमा उत्पादित वस्तु आयात निर्यात गरी आफ्नो वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल र चीनबीच क्रस बोर्डरमा सेज स्थापना गर्ने तयारी थालिएको हो ।

 

प्राधिकरणका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले नेपाल र चीनको सीमानामा सेज स्थापना गर्न दुई पक्षबीच सम्झौता भई अध्ययनका लागि कमिटीसमेत गठन भइसकेको बताए ।

 

गठित उक्त कमिटीमा प्राधिकरणका कार्यकारी निर्देशक, नेपाल स्थित चिनियाँ राजदूतावासका दुई जना प्रतिनिधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दुई जना प्रतिनिधिसमेत गरी पाचँ जना रहेका छन् । 

स्थापना सेज

विशेष