News राजनीति

पौडेल-सिटौला समूहलाई झट्काः नेविसंघभित्रको समिकरण परिवर्तन  

पौडेल-सिटौला समूहलाई झट्काः नेविसंघभित्रको समिकरण परिवर्तन  

काठमाडौं । नेपाली कांग्रेसको शक्तिशाली भ्रातृ संगठनको रुपमा मानिने नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशनको सन्नीकट आउदा नेतृत्वमा स्थापित हुनका लागि मातृ पार्टीमा जस्तै समूहगत समिकरण फेरिन थालेको छ ।


कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेल समूहका नेविसंघ नेताहरुको समूह एक भएर नेविसंघको संस्थापन पक्षका विरुद्धमा एक भएको हल्ला भए पनि अहिले केन्द्रीय समितिमा पौडेल र शशांक कोइराला समूहका  निलकाष्ठ रिजाल र सिटौला समूहका कृष्णा बस्नेतलाई अध्यक्ष नैनसिंह महरले मानोनीत गरेपछि उनको प्रयासले संगठन एकबद्ध भएर महाधिवेशनमा जाने निश्चिता बढेको पौडेल समूहका एक पार्टी केन्द्रीय सदस्यले बताए ।


बिशेष गरि गगन थापा, प्रदिप पौडेलको समूह लामो समयदेखि नेविसंघको मूल नेतृत्वमा रहदै आएको र पौडेल पक्ष पनि हिजोसम्म नेतृत्वमा रहदै आएको थियो । तर, पोखरा महाधिवेशनका बेला राष्ट्रीय सभा गृहनै पुरै ध्वस्त गरेर महाधिवेशन भाँडने गगन समूह अहिले पनि संगठनमा कब्जा जमाउन चाहन्छ ।

 

विगत १५ वर्षदेखि यिनीहरु नै संगठन कमजोर बनाउनमा लागि परेका थिए । तर, हिजोदेखि सामानान्तर गतिविधि गरेर संगठनमा भाँड भैलो गदैँ आएका कुन्दनराज काफ्ले र प्रकाश रानाको समूह अहिले स्पष्ट अल्पमतमा परेको छ ।

 

बिशेष गरि पौडेल र शशांक समूहका ६ जना उपाध्यक्ष मध्ये उर्मिला थपलिया, निलकष्ठ रिजाल, सागर परियार र खडक डाँगीलगायत २१ जनाभन्दा बढी सदस्यसहति २५ जनाको समूहले अध्यक्षको महाधिवेशन गराउने प्रयासलाई विज्ञप्ती निकालेर समर्थन गरेपछि अध्यक्ष महरको पक्षमा दुई तिहाईभन्दा बढीको स्पष्ट बहुमत रहेको पस्ट भएपछि ३२ वर्ष उमेर हटाउने निहुँमा महाधिवेशन भाँडने रामचन्द्र र सिटौला समूह जिल्ल परेको छ ।

 

अध्यक्ष महरले मिलाएर लैजाने सदइच्छा राखेर उपाध्यक्ष जस्तो महत्वपूर्ण पदमा रामचन्द्र र सिटौला समूहका व्यक्ति ल्याएपछि पनि महाधिवेशन विरोधी क्रियाकलापमा लाग्ने कुन्दन र प्रकाश समूहको चरित्र उदांगो भउको छ ।

 

नेविसंघका सबै साथीहरु महाधिवेन चाहन्छन् तर विधान अनुसार ३२ वर्षे उमेर हद लाग्ने भएपछि ४० वर्षको हाराहारी उमेर समूहका कुन्दन र प्रकाश आफू महाधिवेशनमा उम्मेद्वार बन्न नपाउने भएकाले संगठन भित्र भाँड भैलो गर्न थालेको एक उपाध्यक्ष बताउँछन् । 
 

नेविसंघ पौडेल-सिटौला

विशेष