News अपराध सुरक्षा मुख्य समाचार

३३ किलाे सुन तस्करी प्रकरण : थप ३ जना जेल चलान, ३ धरौटीमा रिहा

३३ किलाे सुन तस्करी प्रकरण : थप ३ जना जेल चलान, ३ धरौटीमा रिहा

विराटनगर । साढे ३३ किलाे सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थप ३ जना जेल चलान भएका छन् । जिल्ला अदालत मोरङले सोमबार रामकुमार तिवारी, लक्षुबहादुर गुरुङ र मदन सिलवाललाई अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

 

 उनीहरुसँगै मुद्दा दायर गरिएका अन्य ३ जना धरौटीमा छुटेका छन् । रेवन्तकुमार आचार्य, विनोद अधिकारी र मोतीराम श्रेष्ठ धरौटीमा छुटेका हुन्। आचार्यलाई १ लाख २१ हजार ५ सय तथा अधिकारी र श्रेष्ठलाई १/१ लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाले बताए।

 

उनीहरुमध्ये आचार्य शाक्य हत्यामा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति हुन्। उनले गिरोका नाइके चूडामणी उप्रेती ‘गोरे’लाई गाडीको ब्याट्री तथा तार उपलब्ध गराएका थिए। सोही ब्याट्रीबाट करेन्ट लगाउँदा शाक्यको मृत्यु भएको थियो। 

 

अधिकारी र श्रेष्ठ हुन्डी कारोबारमा संलग्न व्यक्ति हुन्। जेल चलान भएका ३ जना प्रत्यक्ष रुपमा सुन तस्करीमै संलग्न व्यक्तिहरु हुन्। प्रहरीले ७ जनाविरुद्ध पूरक अभियोग दर्ता गरेको थियो। जसमध्ये सन्दीप खड्का फरार छन्।

सुन तस्करी प्रकरण सनम शाक्य हत्या जेल चलान

विशेष