News समाज

नेविसंघको प्रदर्शनः ‘कम्‍युनिष्ट अधिनायकवाद देखियो, न्‍यायको घाँटी रेटियो’

नेविसंघको प्रदर्शनः ‘कम्‍युनिष्ट अधिनायकवाद देखियो, न्‍यायको घाँटी रेटियो’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरूद्ध माइतीघर मण्डला प्रदर्शन गरेकाे छ । चिकित्सा शिक्षा विधेयकमा सरकारले गरेको परिमार्जनको विरोधमा अनशनरत डा. गोविन्द केसीको समर्थन तथा निषेधाज्ञाको विरोधमा सोमबार नेविसंघले प्रदर्शन गरेकाे हाे।

अध्यक्ष नैनसिंह महरले प्रधामन्त्री केपी शर्मा ओली ‘नयाँ राजा बन्न खोजेको’ आरोप लगाए । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ। प्रदर्शनकारीले डा. केसीको समर्थन, निषेधाज्ञाको विरोध तथा असहमति राख्न पाउने अधिकारीको पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

ओलीको शिरमा श्रीपेच लगाइएको फोटोसहितको ब्यानर बोकेका नेविसंघ नेता कार्यकर्ताले ‘कम्युनिष्ट अधिनायकवाद देखियो, न्यायको घाँटी रेटियो’, ‘अधिनायकवाद मुर्दावाद’   ‘डा. गोविन्द केसीको माग सम्बोधन गर’ लगायतका नारा लगाएका थिए । 
 

नेविसंघ प्रदर्शन डा. गोविन्द केसी

विशेष