News व्यापार अर्थ समाज प्रदेश ३

नियुक्ति बदरपछि नेप्सेका सीईओ कानूनी परामर्शमा

नियुक्ति बदरपछि नेप्सेका सीईओ कानूनी परामर्शमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको नियुक्ति बदर भएको छ । पूर्ववर्ती देउवा सरकारले गरेका सबै नियुक्ति बदर गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेपछि आइतबार अर्थमन्त्रालयले साउदलाई नियुक्ति बदरको पत्र पठाएको हो  ।

 

देउवा सरकारले साउदलाई ८ महिनाअघि नेप्सेको सीईओमा नियुक्त गरेको थियो । साउदको नियुक्ति बदरपछि अर्थमन्त्रालयले तत्कालका लागि मन्त्रालयका उपसचिव रमेश आचार्यलाई नेप्सेको सीईओको जिम्बेवारी दिएको छ ।

 

सरकारले आफ्नो नियुक्ति बदर गरेपछि आफूलाई अन्याय भएको भन्दै कानूनी परामर्श गरिरहेको साउदले बताए । ‘म खुला प्रतिष्पर्धाबाट आएको भए पनि सरकारले नियुक्ति बदर गरेर अन्याय गरेको छ’  साउदले भने, ‘यतिबेला म वकिलहरुसँग छलफलमा छु, कानूनी परामर्शपछि के गर्ने भन्ने विषयमा निर्णय हुन्छ ।’

 

नियुक्ति बदर हुनुअघि साउदले सरकारले आफूलाई नहटाउने दावी गर्दै  हटाएमा न्यायका लागि अदालत जाने प्रतिक्रिया दिएका थिए ।

नेप्से सीईओ परामर्श

विशेष