News व्यापार अर्थ कर्पोरेट प्रदेश ३

नेप्सेको महाप्रवन्धकमा अर्याल

नेप्सेको महाप्रवन्धकमा अर्याल

काठमाडौ । चन्द्रसिंह साउदलाई सरकारले नेप्सेको महाप्रवन्धक पदबाट हटाएसँगै रमेश अर्यालले उनको कार्यभार सम्हालेका छन्।यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ ४ गतेयता गरेका राजनीतिक नियुक्तिहरु केपी शर्मा ओली नेतृत्वको सरकारले खारेज गर्ने निर्णय गरेसँगै साउदको नियुक्ति बदर भएको हो।

 

निर्वाचन आचारसंहिता लागू भएका बेला देउवा सरकारले राजनीतिक नियुक्तीको निर्णय गरेको भन्दै यसअघिको मन्त्रिपरिषद बैठकले ति नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। उनको स्थानमा आएका अर्याल अर्थ मन्त्रालयको नीति विश्लेषण महाशाखामा कार्यरत थिए। ‘अर्को व्यक्ति नियुक्त नभएसम्म अर्यालले आजैदेखि कामुको रुपमा पदभार सम्हालेका छन्’ स्रोतले भन्यो।

 

साउदले भने सार्वजनिक रुपमै आफूले अदालती प्रक्रिया अपनाउने अभिव्यक्ति दिएका छन्। आफू खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएकाले अदालती प्रक्रिया अपनाउने उनको भनाई छ। यसअघि देउवा सरकारले खुल्ला प्रतिस्पर्धाबाटै साउदलाई महाप्रवन्धक नियुक्त गरेको हो। उनी ४ वर्षका लागि असोजमा नियुक्त भएका थिए।

 

नेप्सेमा प्रमुख फेरिएसँगै अनलाइन ट्रेडिङ समयमै सम्पन्न हुनेमा लगानीकर्ता भने शशंकित देखिएका छन्। यसअघि नेप्सेले साउन १ देखि अनलाइन ट्रेडिङको परीक्षण थाल्ने कार्ययोजना बनाएको थियो। यद्यपी कार्ययोजनाअनुसार नै काम अघि बढ्ने नेप्सेका एक वरिष्ठ अधिकारीले जानकारी दिए।

नेप्से

विशेष