गण्डकी नामको विरोधमा पोखरा बन्द

पोखरा । प्रदेशको नाम जातीय पहिचानका आधारामा राख्नुपर्ने माग गर्दै आन्दोलनरत तमुवान–मगराँत संघर्ष समितिले गरेको गण्डकी प्रदेश बन्दका कारण सर्वसाधारणलाई अप्ठेरो परेको छ। बन्दका कारण सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् भने, मुख्य बजारका पसलहरू पनि बन्द छन् ।
विद्यालय, क्याम्पस पनि बन्द छन् । निजी गाडी, मोटरसाइकल केही मात्रामा सञ्चालनमा आएका छन् । बिहानदेखि नै पोखरामा अविरल वर्षा भएका कारण बन्दकर्ता खासै सडकमा देखिएका छैनन् ।
प्रदेशसभाले साविक ४ नम्बर प्रदेशलाई गण्डकी नामाकरण गरेपछि जातीय संघ संस्थाहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूको आन्दोलनलाई नयाँ शक्ति, संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चाले समर्थन गरेको छ ।
बन्द पोखरा