News मुख्य समाचार

संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पायो, यी हु्न् मनोनीत १५ सदस्य

संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पायो, यी हु्न् मनोनीत १५ सदस्य

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पाएको छ । सोमबारको प्रतिनिधिसभाको बैठकमा समितिमा मनोनयन हुने सदस्यहरूको नामावली अनुमोदन गरेसँगै समितिले पूर्णता पाएको हो ।

 

समितिमा नेपाल कम्युनिस्ट पार्टीका सांसदहरू अमृता थापा, निरूदेवी पाल, पार्वत गुरूङ, पूर्णकुमारी सुवेदी, योगेश भट्टराई, शिवकुमार मण्डल, सुरेन्द्रप्रसाद पाण्डे रहेका छन् । 

 

यस्तै कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की, भिमसेनदास प्रधान र पुष्पा भुषाल गौतम रहेका छन् । राष्ट्रिय जनता पार्टी राजपाका लक्ष्मणलाल कर्ण र संघीय समाजवादी फोरम नेपालका राजेन्द्रप्रसाद श्रेष्ठ पनि संसदीय सुनुवाइ विषेश समितिको सदस्यमा मनोनयन भएका छन् । 

 

राष्ट्रियसभाबाट यसअघि नै नेकपाका सुमन प्याकुरेल र नन्दा चपाइँ तथा कांग्रेसका जितेन्द्र नारायण देव समितिमा मनोनीत भइसकेका थिए । 

संसदीय सुनुवाइ विशेष समिति मनोनियत

विशेष