News अपराध सुरक्षा

८० हजार घुससहित इञ्जिनियर पक्राउ

८० हजार घुससहित इञ्जिनियर पक्राउ

जाजरकोट । जाजरकोटमा सोमबार एक जना इञ्जिनियर घुस लिरहेकाे रकमसहित पक्राउ परेका छन्  । जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इञ्जिनियर अन्जयकुमार देवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले ८० हजार रूपयाँ घुससहित पक्राउ गरेको होे । 

 

अख्तियारकाे टोलीले इञ्जिनियर देवलाई साना सिंचाई आयोजनाको कार्य सम्पन्न प्रतिवेदन गराइदिने भन्दै उपभोक्ताबाट लिएको ८० हजार नगदसहित पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

 

देवलाई सोमबार बिहान उनकै कार्यकक्षबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारका सूचना अधिकारी सापकोटाले जानकारी दिए ।

जाजरकोट इञ्जिनियर घुस पक्राउ अन्जयकुमार देव

विशेष