शेरबहादुर देउवाले सित्तैमा तेल भर्न गाडी पठाउँदा प्रहरीको पेट्रोलपम्पमा भागाभाग
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको कल्याणकारी पेट्रोलपम्पमा काम गर्ने कर्मचारी एउटा गाडी देख्नासाथ दायाँबायाँ लाग्छन् । किनभने त्यो गाडी आयोे कि फुल ट्यांकी तेल हालिनिुपर्छ । पैसा पाइन्न । जसले हालिदियो उसैको तलबबाट काटिन्छ या हिसाब मिलान गर्नु पर्ने हुन्छ । यसरी प्रहरी कहाँ तेल हाल्न गाडी पठाउने भिआइपी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हुन् ।
विशिष्ट व्यक्तिको सुरक्षा (व्यवस्थापन)सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७० को परिच्छेद ४ को विविध अन्तर्गत १३ नं.मा भनिएको छ, ‘सुरक्षाकर्मी खटाउँदा लाग्ने तोकिएबमोजिमको खर्च र त्यस्तो सुरक्षाकर्मीको बसोबासको व्यवस्था सुरक्षा माग गर्ने व्यक्तिले नै व्यहोर्नु पर्ने छ ।’
तर, उनकै नेता सुशील कोइराला प्रधानमन्त्री हुँदा सांसदको हैसियतले उनको समेत उपस्थिततिमा तत्कालिन व्यवस्थापिका संसदबाट पारित यही ऐनको खिलाफमा छन्, देउवा ।
प्रहरी कल्याणकोष भनेको गरिब प्रहरीहरुले गाँस काटेर खडा गरेको गैरसरकारी निकाय हो । पेट्रोल पम्प पनि त्यही कोषबाट चलेको छ । तर, क्रान्तिकारी भन्ने नै गरिबको गाँसमा खाँखा लगाएपछि पुलिसको भागाभाग नहोस पनि कसरी ?
जनआस्था साप्ताहिकबाट